विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ ।
विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो ।
विराटनगरमा मंगलबार भएको खेललमा सुनसरीको बराहा राईजिङ स्कुल, जेभियर्स स्कुल, सहिद स्मृति आवासीय र विराटनगरको सत्यनारायण मावि स्कुल विजयी भइ सेमिफाइनलमा पुगेको छ ।
पहिलो खेलमा बराहा राईजिङ स्कुलले युनिक एकेडेमी २–० गोलले पराजित गर्यो । जितको लागि बराहाका कृष पौडेल र प्रसान राईले १ –१ गोल गरे । म्यान अफ द म्याच बराहा राईजिङका क्रिस पौडेल घोषित भए ।
दोस्रो खेलमा जेभियर्स स्कुल गोलले समता स्कुललाई टाइब्रेकरमा ५–२ गोलले हरायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि टाइब्रेकरबाट जेभियर्सको जित भएको हो । म्यान अफ द म्याच समता स्कुलका मनोज खड्का घोषित भए ।
तेस्रो खेलमा सहिद स्मृति आवासीयले थर्ड आइ स्कुललाई टाइब्रेकरमा ४–३ गोलले निनाश बनायो । निर्धातिर समयसम्म २–२ गोलको खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सहिद स्कुलका सुशील राई भए ।
चौथो खेलमा सत्यनारायण माबिले प्रजातन्त्र माविलाई ५ –२ गोलले पराजित गरो । जितको लागि सत्यनारायण माबिका हेमन्त राजबंशीले २ गोल, पृथ्बी राजबंशी र साजित आलमले १–१ गोल गरे ।
प्रजातन्त्र माबिको तर्फबाट धिरज उराव र रोसन सरदारले १–१ गोल फर्काए । म्यान अफ द म्याच प्रजातन्त्र माबिका रोसन सरदार घोषित भए ।
साउन १२ गते २ बजेबाट सेमीफाईनल खेलहरू हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए ।