पुनर्वाहालीका लागि विराटनगर आइपुगे मुख्यमन्त्री हिक्कमकुमार कार्की

<span class='c1'>पुनर्वाहालीका लागि विराटनगर आइपुगे</span> <span class='c2'>मुख्यमन्त्री हिक्कमकुमार कार्की</span>

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्रीको कार्यभार सम्हाल्न विराटनगर आइपुगेका छन्।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्न मुख्यमन्त्री कार्की विराटनगर आइपुगेका हुन् ।

काठमाडौँमा हरेको पुनर्वाहालीका लागि विराटनगर विमानस्थमा आइपुगेका मुख्यमन्त्री कार्की पत्रकारसँग कुरा गर्दै आगामी १७ गते पूर्ण सरकार बन्ने दाबी गरेका छन् । एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्नेमा जोड दिँखै उनले आफू कांग्रेसलाई मुख्यमन्त्री दिन सहमत हुने तर आलोपालो स्वीकार नहुने बताए ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की मुख्यमन्त्रीबाट बाहिरिएका थिए।

तर, सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन्। तर , यता काम चलाउ मुख्यमन्त्रीमा थापालाई मान्ने या कार्कीलाई मान्ने भन्ने विषयमा अन्यौलमा रहेका कर्मचारीहरुले मुख्यमन्त्री कार्कीका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गाडी पठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्