दोहोर्‍याएर कोरिया जाने विषयमा सहमति

<span class='c1'>दोहोर्‍याएर कोरिया जाने</span> <span class='c2'>विषयमा सहमति</span>

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ कोरिया, इपिएस शाखाबिच सहमति भएको हो ।

विगत केही महिनादेखि इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्किएकाले रोस्टरमा भएका श्रमिकलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सहमति अनुसार सिबिटी परीक्षासम्बन्धी सूचनाको आधारमा इपिएस कोरिया शाखा र कोरियाबाट फर्केका समूहबिच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सिबिटी परीक्षा फर्केकाका लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने छन्।

कोरियाबाट फर्केका समूहले कार्यालयमा पेस गरेका मागलाई श्रम मन्त्रालय मार्फत कूटनीतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ । सो शाखाका अनुसार चार वर्ष १० महिना दक्षिण कोरियामा काम गरेर फर्केकाले सन् २०२२ मा पुनः परीक्षा दिएर उत्तीर्ण भई कोरिया जान प्रतीक्षारत थिए ।

कोरियाबाट फर्किएर पुनः जानका लागि प्रतीक्षारतको सङ्ख्या तीन हजार पाँच सयदेखि चार हजार रहेको इपिएस कोरिया शाखाले जनाएको छ । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्