कलाकार ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटियो

<span class='c1'>कलाकार ताम्राकारको मोबाइलमा</span> <span class='c2'>सुसाइड नोट भेटियो</span>

काठमाडौं । २१ असारमा रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको सुसाइड नोट मोबाइलमा भेटिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलमा उनले लेखेका विभिन्न सामग्रीहरू भेटिएको हो।

मोबाइलको ‘नोट्स’ एप्समा उनले मृत्यु हुनुअघि लेखेको विवरणमा कसैलाई आरोप नलगाउनु भएको छ। ‘‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु। यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, थ्याङक्यू’ उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो।

झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो। उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन्।

उनको शब भेटिएलगतै मोबाइल जाँचका लागि पठाइएको थियो। उनको मोबाइलमा गीत बजिरहेको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरिसकेका छन्।

ताम्राकारका केही साथिहरुले उनले के कारणले आत्महत्या गरेका हुन् भन्दै छानबिन गर्न माग गरेका छन्। उनको सुसाइड नोट भेटिएसँगै त्यो आशंका केही हटेको छ।

यो बीचमा छानबिनले आत्महत्याबाहेक अन्य कुनै कारण नदेखाएको प्रहरी अधिकारीहरू बताएका थिए। परिवारले घटनाको विषयमा सत्य, तथ्य अनुसन्धान गरिदिन भन्दै प्रहरी वृत्त, मालीगाउँमा जाहेरी दिएको थियो।

यहीबीच, कलाकारहरूले ताम्राकारको मृत्यु शङ्कास्पद रहेको दाबीसहित छानबिनको माग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्