झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

<span class='c1'>झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध</span> <span class='c2'>सहित ५ जना पक्राउ</span>

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका साढे ७ बजे झापाको मेचीनगर नगरपालिका-१३ चारआली चौक स्थितमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका-११ ईलामका २६ बर्षीय किरण राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ ढाटमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भरातबाट नेपालतर्फ आउदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक ४० बर्षीय दिपक घिसिङ तामाङको साथबाट ५ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले मोरङको कानेपोखरी-६ स्थित को १९ प ३७४० नम्बरको स्कुटी रोकी एक-आपसमा कुरा गरिरहेका अवस्थामा फेला पारी चेकजाँज गर्न क्रममा स्कुटीमा लुकाईछिपाई राखेको अवस्थामा ट्रामाडोल ९० चक्की र स्पास्पेन १ सय २३ चक्की फेला पारे सगै स्थानीय ३० बर्षीय सुमन लिम्बु, २७ बर्षीय बिश्वास लिम्बु र धरान-७ का २० बर्षीय सुमन लिम्बुलाई स्कुटि सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2