कोशी प्रदेश : सभामुख राजीनामाको तयारीमा

<span class='c1'>कोशी प्रदेश :</span> <span class='c2'>सभामुख राजीनामाको तयारीमा</span>

विराटनगर । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेश गर्ने भएको छ ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। ‘आजै सभामुखको राजीनामा आउँछ’, माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आजै मुख्यमन्त्रीको दाबी गर्ने छौँ।’

यसअघि सभामुखसहितको हस्ताक्षर गरेर काङ्ग्रेस नेता उद्वव थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालतले साउन ११ गते बिहीबार उनको नियुक्ति खारेज गरेको थियो।

काङ्ग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरि ४६ सांसद मात्रै हुनेभएपछि गठबन्धनले बहुमत ४७ सांसद संख्या पुर्याउन सभामुखलाई राजीनामा दिन लगाउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्