विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेस र एमाले मिलेर मुलुकको राजनीतिक संक्रमण जस्तो अवस्थालाई बाहिर निकाल्न सक्नुपर्नेमा जोड दिएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेस र एमाले मिलेर मुलुकुको राजनीतिक संकमण जस्तो अवस्थालाई बाहिर निकाल्न सक्नुपर्नेमा जोड दिँदै उनले भने,‘ तर, कांग्रेस तत्काल मिलेर अघि जाने अवस्थामा छैन । ’
उनले केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्ने दाबी गरे । कार्कीले तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस नभएको र केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्ने बताएका हुन् ।
कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर काँग्रेसले अमर्यादित खेल खेलेको आरोप समते लगाए ।
‘कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गएको र आज सभामुखलाई राजीनामा गराएर सरकारमा जान खोज्दैछ । उनले भने।