मोरङको रंगेलीमा ‘रंगेली ग्याङस्टर’ बन्दै, शीर्ष जोडीमा मिरुना मगर र दयाहाङ राई देखिने

<span class='c1'>मोरङको रंगेलीमा ‘रंगेली ग्याङस्टर’ बन्दै, शीर्ष जोडीमा</span> <span class='c2'>मिरुना मगर र दयाहाङ राई देखिने</span>

अर्जुन सुवेदीको निर्देशनमा बन्ने फिल्म ‘रंगेली ग्याङस्टर’ को शीर्ष जोडीमा मिरुना मगर र दयाहाङ राई देखिने भएका छन् ।

यसअघि नै मिरुनालाई लिएर फिल्म बनाउने घोषणा गरेका सुवेदीले शीर्ष भूमिकामा दयाहाङलाई अनुबन्धित गरेका हुन् । फिल्ममा अभिनेता प्रवीण खतिवडा पनि अनुबन्धित भएका छन् ।

मोरङको रंगेली वरपरको विषयवस्तुमा केन्द्रित रहने फिल्मको छायांकन भदौ २० गतेदेखि हुने जनाइएको छ । पछिल्लो समय दयाहाङ र मिरुनाको जोडीका फिल्मले निकै राम्रो सफलता हात पारेका छन् ।

यो जोडी अभिनीत ‘कबड्डी ४’ र ‘जारी’ ले बक्स अफिसमा राम्रो कलेक्सन गरेका थिए । भदौ २९ देखि प्रदर्शनको तयारीमा रहेको ‘नांगो गाउँ’ मा पनि यो जोडी देख्न सकिन्छ । चलचित्रको लागि अहिले मोरङमा पनि बिभिन्न रोलमा कलाकारको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्