-किरण न्यौपाने
एकाबिहानै झिसमिसे मै झस्किएको म
अनेकन मेरा सपनाहरुले
अनि मेरा कल्पनाको सागरमा पौडिन्छु
त्यो भित्ताको घडीको सुइको चालसगै
समय बढ्दै छ,
बिहानिको सुर्यको किरणले
मेरा नयनलाई जब ढाक्न थल्दछन
म भने अर्को पट्टि कोल्टिएर सुत्छु !
बिहानिको आनन्दमय निन्द्रा
निन्द्रा भित्रको मिठा सपना
अनि ती सपनाको सागरमा डुबेको म
र मेरा मिठा खुसी साच्चिकै लोभलाग्दो छ !
शरीर बेहोस छ,
कोलाहल ध्वनि कानमा गुन्जायमान छन
झसङ्ग बिउझन्छु म
समयले परै छाडि सकेको रहेछ
हतास र उदास मेरा गन्तव्य
दिनभरिको कामले थकित मेरो शरीर
थकित म भित्रको मेरो झर्किलो स्वभाव
मनमा अनेकन कुराले तनावग्रस्त हुन्छु !
जब सन्ध्या हुन्छ
मेरा थकान महसुसले आराम खोज्दछ
अनि संसार नै भुलेर म
फेरि सदाझै गहिरो निन्द्रामा पर्छु
अनि त्यो निन्द्रा भित्रको मिठा सपना
र सपनाको मिठासले भरिएको बिहानी
आहा! साच्चिकै लोभलाग्दो सपानी
अनि त्यही सपनीमा डुबेको म !!