-अस्मिता साह
औलिएको फुलमा सुवास सुबास कहाँ हुन्छ र?
औँसीको रात्रीमा चन्द्रमा कहाँ हेरिन्छ र?
तिमी भन्छौ तिम्रो ओठमा पहिला जस्तो मुस्कान छैन
वास्तवमा तिमी नै भन के बिना बत्तिको दियोले उज्यालो छर्छ त?
अहिले म आफूमा नै हराएको छु
आफू भित्र आफूलाई नै खोजीरा छु
म आफूलाई किताबको त्यो शब्द ठानिरा छु जसलाई पढ्न त सकिरा छु तर अर्थ लगाउन सकिरा छैन
जीवनमा किन यति परिवर्तन आउँछ ?
किन यो मन दुविधाको जालामा फस्छ ?
यि प्रश्नलाई आफ्नो मनसँग सोधिरा छु त्यो मन जुन काँचो धागो झैँ उल्झिएको छ
धेरै तानियो भने चुट्टिने डर वा सुल्झाउन खोजियो भने अझ गाँठ पर्ने डर
अब तिमी नै भन यो डरै डरले भरिएको मनले कसरी दिनसक्छ त्यो मुस्कान?
जसलाई तिम्रो आँखाले हेर्न मन छ।