-सविना श्रेष्ठ
तिमी जस्तो स्वतन्त्र छैन म
र जहीँतहीँ आउन पनि सक्दिन
नबोलाऊ मलाई तिमी भएको ठाउँ
म आउन सक्दिन
अंह तिमीलाई भेटेर
अंकमाल पनि गर्न सक्दिन
म कहिलै निस्कन नसक्ने
ठूलो जेलभित्र छु
कैदी बनेर बिताईरहेछु
प्रिय
हरेक साँझ बिहान
तिमी त स्वतन्त्रभएर
पन्छीझैँ आकाशमा उडिरहेका
छौँ।
उड , आफ्नो खुशी
र हाँसोमा रमाऊ,
मलाई माया गरेर के पाउँछौँ?
नत म माया दिन सक्छु, नत
खुसी नै
न त साथ नै दिन सक्छु,
सक्छु केवल पीडा दिन
तिमी त रमाउँदै दुनियाँ देख्ने
मान्छे
मत कैदी
युगीन जेल,
जहाँ आफ्ना
हरेक खुसीहरू थुनिएका छन्
अनेक चाहाहरू थुनिएका छन्
प्रत्येक हाँसो गुम्सिएका छन्
त्यसैले बिर्सिदेऊ मलाई
जहाँ तिमीलाई माया
गरेकै अभियोगमा म
थुनिएको
कैदी हुँ।।