ग्लोबल टी-२० क्रिकेट: दीपेन्द्रको टोली फाइनलमा उपाधिका लागि सन्दीपको जगुअर्ससँग आज भिड्ने

<span class='c1'>ग्लोबल टी-२० क्रिकेट: दीपेन्द्रको टोली फाइनलमा</span> <span class='c2'>उपाधिका लागि सन्दीपको जगुअर्ससँग आज भिड्ने</span>

क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेटमा नेपालका दुबै खेलाडीको टोली फाइनलमा पुगेको छ। सन्दीपको सुर्रे जगुअर्स शुक्रबार नै फाइनलमा स्थानमा बनाउँदा दीपेन्द्रसिंह ऐरीको मोट्रियल टाइगर्सले दोस्रो क्वालिफायरमा भनकौभर नाइट्सलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो।

त्यस्तै, हर्स थकरले २६ रन बनाउँदा फावियन एलेनले १० रन बनाएका थिए। टाइगर्सका लागि अब्बास अफ्रिदीले ५ विकेट लिँदा आयान अफ्जाल खानले १ विकेट लिए।

१ सय ३८ रनको लक्ष्य पछ्याएको दीपेन्द्रको टाइगर्सले उक्त लक्ष्य १९.३ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको थियो। खराब सुरुवात गरेको टाइगर्सले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो। तर दीपेन्द्रसिंह ऐरी र सर्फन रुथफोर्डले टिमको इनिङ समालेका थिए।

ऐरी २५ रनमा आउट हुँदा रुथफोर्ड भने ४८ रनमा अविजित रहे। थप दोहोरो स्कोरका रूपमा आयान अफ्जाल खानको १८ रन रहँदा आन्द्रे रसेलको १७ रन रह्यो। त्यस्तै, मुह्मद वासिमले १३ रन बनाए।

नाइट्सका लागि जुनाइक सिद्दीकीले ४ विकेट लिदा फावियन एलन र कोर्विन बोस्चले समान २-२ विकेट लिएपनि टिमको हार टार्न भने सकेनन्। प्रतियोगिताको उपाधि भिडन्त आज राति हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्