विराटनगर–१८ मा साइकलबाट लडेर घाईतेको उपचारका क्रममा मृत्यु

<span class='c1'>विराटनगर–१८ मा साइकलबाट लडेर</span> <span class='c2'>घाईतेको उपचारका क्रममा मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा सोमबार राति साइकलबाट लडेर घाइते भएका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ । भारतको अररियाका ३५ वर्षीय गोपाल मण्डलको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१८ लाभाघाटमा राति ८ः१५ बजेतिर लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ । थाहा पाउनेहरुले उनलाई उपचारका लागि न्यूरो अस्पताल भर्ना गरेका थिए । उपचारका क्रममा मंगलबार बिहान २ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार उनी सवार साइकलमा कुनै समस्या छैन । तर, उनी मात्रै भुँईमा लडिरहेको अवस्थामा फेला परेका थिए । प्रहरीले मादक पदार्थ सेवन गरेर उनी दुर्घटनामा परेको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्