सुन्दरहरैंचाबाट २४ कोरियन नागरिक नियन्त्रणमा, धार्मिक गतिविधि गरेको आरोप

<span class='c1'>सुन्दरहरैंचाबाट २४ कोरियन नागरिक नियन्त्रणमा,</span> <span class='c2'>धार्मिक गतिविधि गरेको आरोप</span>

विराटनगर । मोरङको सुन्दरहरैंचाबाट प्रहरीले २४ जना कोरियन नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन कार्यालय पठाउने तयारी गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा–७ मालती मार्गबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार पर्यटक भिषामा आएका उनीहरु धार्मिक कार्यक्रम गर्दै हिँडेको सूचना प्राप्त भएपछि अध्यागमन कार्यालय पठाउन लागिएको हो । सुन्दरहरैंचा नगरपालिका–७ मालतीमार्गमा रहेको नेपाल न्यू कोभिनेन्ट कलेजबाट उनीहरुले गतिविधि गरिरहेको खुलेको छ । थप विवरण खुल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्