विराटनगर । कोशी प्रदेशमा वर्षेनी दुर्घटनाबाट ज्यान गुमाउने र घाईतेको संख्याको ग्राफ समान देखिन्छ । सडक सुरक्षा र सुशासनको विषयमा सचेतना लगाएका कार्यक्रम हुने गरेको भएपनि दुर्घटना, घाईते र मृतकका संख्यामा भने खासै कमी आउन नसकेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा ३ हजार ५१० वटा दुर्घटना भएका छन् । जसमा ४१२ जनाको मृत्यु र पाँचहजार ६०७ जना घाईते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८÷२०७९ भन्दा गत आर्थिक वर्ष दुर्घटना र मानवीय क्षतिमा केहि सुधार आएको छ । अघिल्लो आर्थिक वर्ष ३ हजार ८२० दुर्घटनामा ५३१ जनाको ज्यान गएको थियो भने ६ हजार ६४८ जना घाईते भएका थिए ।
त्रिवर्षीय तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷२०७८ मा ३ हजार १३१ दुर्घटनामा ४४४ जनाको मृत्यु र ४ हजार ८७६ घाईते भएका थिए ।