-सुरज दाहाल
अमुर्त सपनाका शवहरुले बेलाबेलामा झस्काउछन
अत्तोपत्तो नभएका साथीहरुले कहिलेकाही जिस्काउछन
टोलमा डुलिरहने कुकुरहरुले पनि जानेका होलान
आजकाल "मान्छे र मान्छे बिचका डोरी किन छिनेका होलान "
र, तिम्रो यादमा आउन म अस्पर्शनिय इन्द्रेणी बनेर किन हराएछु
क्षणभंगुण खहरे खोलाहरुलाई त्रिवेणी ठानेर किन डराएछु ?
अचेतन "म"हरुलाई तिमीले अथाहै अप्रेम मात्र गरिनौ
मान्छे र मान्छे बिचमा अदृश्य पर्खाल लगायौ
र , एउटा अकृत प्रेमको बुख्याचा बनेर हजारौ स्वपनिल पशुपक्षी भगायौ
र ,
आज अप्रेमको खरानीबाट उडिरहेछन तिमीले देखेका अचंभा
अमरपक्षीहरु
असहज पहाडहरु तुईन वा पुलहरुको सहारामा संवाद गरिरहन्छन
अजिव बुद्धका मुर्तिहरुले दुनियाँ देखिरहन्छन
हो अचेल , जलिरहेका शवहरु आगो सग बोलिरहेका हुन्छन
कफिन भित्र आउने रुपक कविताहरुलाई एउटि आमाले बोलाइरेहेकि हुन्छे
तर एउटा तिमी अनेक जिवित ..पल्लवित भएर अप्रेम गरिएका "म"हरु सग बोल्दिनौ
मानौ लगन गाठो बनेर कसिएका कथा अब कहिल्यै कहिल्यै खोल्दिनौ
र मलाई केहि शुभकामना दिनु छ
जस्तो मान्छेका कानहरुले तिमीलाई श्रवण गरिरहुन
ब्रह्मका आँखाहरुले तिमीलाई भ्रमण गरिरहुन
तिम्रा ओठ बाट मानवताका शब्द झरिरहुन
तिमीलाई निजि ठान्नेहरु डेरा सरिरहुन ।