-द्वारिका नेउपाने
रोप्न पाये यो शरीर रोपि दिन्थे म।
घोची घोची पनि यी शरीर
बिउझायी दिन्थे म
सकिन्न र पनि प्रयास जारी किन?
भो अब उदेग भो शरीर भो जिर्ण
जति घोचे निचोरे पनि आउन्न केही किन?
थिचेर ऐठन भो फेर्न श्वास रत्ती सकिन किन?
चिथोरे निचोरे र पनि आउन्न केही किन?
भो बल अनि बुद्धि बिबेक आउँछ कब?
शान्ती निचोरेर अनि खुन पसिना पियेउ जसै
आउन्न उसै अमृत पनि नगरे समुन्द्र मन्थन जसै
गर्नु कर्म अनि पाल्नु सत्कर्म जिउदो हुँदै
के पाउनु के फाल्नु चिता अग्नि हुँदै
छुदैन र पनि बेग्र भो चिन्तन
पिर नगर हे प्रभु बाटो उहीँ चिहान
उसै गरि रोप्न पाये रोपि दिन्थे
यो शरीर पनि
माटो तुल्य भै बृछ बन्छ
हावा सरिर पनि