-निर्मला देवी तिम्सिना "कान्छी"
म हासेको देखेर मेरै भण्डार झर्किन्छ ,
कालो बादल मडारिए जसरी
थर्किन्छ , चर्किन्छ र बर्सिन्छ ।
खुसीका अनेकन थुप्रोले
त्यही भण्डार भर्छु भनेर
आफू रित्तिदै रित्तिदै सकिएँ ,
सकिएर पनि हासेको छु,
हासो देख्नै हुन्न मेरो भण्डार झर्किन्छ ।
भण्डार भर्नकै लागि म उभो लाग्छु ,
म लिस्नु चढ्न मात्र के खोज्छु ,
उ डाहाले बल्न खोज्छ ,
भित्र भित्रै जल्न खोज्छ ,
र चड्दै गरेको लिस्नु काटी दिन्छ ।
बाहिरको आँगन फराकिलो छ
उसले त्यति धेरै डाह गर्दैन
जति मेरो भण्डारले मेरै डाह गर्छ ।
म लड्दा उ हाँस्छ, म रुदा खुशी हुन्छ
ऊ चाहन्छ म आँसुको भेल बगाइरहू
त्यही आँसुले नुहाएर पुकलित हुन ।
उसले पुल्ठो तयार गरिरहेको हुन्छ
ताकि म कतै चुक्न सकु र
उसले पूल्ठो झोस्न सकोस ।
उ बेजोड खुसी हुने थियो
म त्यो रापको दुखाईमा देख्दा ।
तर मलाई कतै नदुखोस् प्रभु
यदि मलाई दुखेको थाहा पाए
मेरो भण्डारले त्यही घोचि दिन्छ ।।