भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू

<span class='c1'>भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी</span> <span class='c2'>थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू</span>

विराटनगर । नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ ।

दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मन्चन हुने भएको हो ।

कलाकारहरुमा श्रवण राना मगर, विकास जोसी, सविर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्वल राई, सुनिल राई, सम्झना राई, छितिज सन्तोष माझीलगायतले अभियन गरेका छन् । प्रत्यक्ष संगित नरेश गजुरेल र अर्पन महर्जनको रहेको । सेट निर्माण हुम बि.सि र सेट डिजाईनिङ प्रविण खतिवडाको रहेको छ ।

हास्यव्यंगका बादशाह मानिनुहुने स्व. भैरव अर्यालले लेखेको काउकुती, जय भुडी, इतिश्री निबन्ध संग्रह भित्रको निबन्धकै आधारमा रहेर यो नाटक तयार पारिएको निर्देशक लिम्बूले बताए । मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रुपले जानुपर्ने कुरा हिन्दू धर्ममा आधारित लोक विश्वासमा आधरती नाटक रहेको छ । ‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रुपमा जे जस्ता झञ्झट झमेलाको सामना गर्छ यीनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ,’ निर्देशक लिम्बुले भने ।

विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरुबाट साना तिना कुरामा पनि ठूला समस्या र झन्झट व्यहोर्छन् । नजराना, घुस, रिसवत जस्ता चिज नदिए सम्म कुनै काम बन्दैन, कर्मचारीहरुको हप्काइ खानुपर्छ । त्यसैगरी चित्रगुप्तको कार्यालयमा पुगेको मृतक पावले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा उसको नामको तहकिकात नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य यस नाटकले उजागर गर्छ । नाटक नेपाली भाषामा तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्