-निर्मला देवी तिम्सिना 'कान्छी'
गरीब परिवारमा सम्बन्ध जोडेकी कान्छीले आफ्नो आर्थिक स्थितिलाई माथि उकास्न कयौं सङ्घर्ष गरी रहेकी थिइन्। जति गरे पनि आफ्नो स्थिति झन् गरिबी तिर नै हुत्तिदै गए पछि एक दिन आफ्ना पतिसँग बसेर कुराकानी गर्न थालिन् । "हाम्रा आवश्यकताले हामीलाई लखेटी रहेछन ।अब त छोरा छोरी पनि छन् । हामीले जस्तो यिनीहरूले आफ्नो रहर मार्न नसक्लान् !
यिनीहरूका साना साना आवश्यकता पनि पुरा गर्न सकेका छैनौं। न खान मागेको कुरा खुवाउन सकेका छौं । न लाउन मागेका लुगा लगाइदिन सकेका छौँ । खेल्न खोज्छन् रमाउन खोज्छन् ,घुम्न खोज्छन् कति दिन यिनीहरूलाई भोलि पर्सी भन्दै ढाँट्न सकिन्छ । अब त पढाउनु पनि पर्छ यदि पढाउन सकिएन भने हामी मरेँ तुल्य हुनेछौं! । बरु हजुर विदेश गएर केही पैसा कमाउनु पर्यो । हजुरलाई विदेश पठाउने रहर त हैन तर के गरौँ अरु केही उपाए नै भएन "।
कान्छीको कुरा सुनेर कान्छिको बुढा पहिला त खुब सन्किए तर केहि दिन पछि विदेश जान सहमति भए । कान्छीले आफ्ना गर गहना बेचेर श्रीमानलाई विदेश पठाइन्। उनका श्रीमान विदेश गएको खबर आफन्त बीच फैलिए पछि आफन्तले कान्छीलाई निक्कै गाली गरे। श्रीमान विदेश जानुमा कान्छी कै हात हो यदि उनले नजानु भनेको भए विचारा जाँदैन थियो आफू मोज गर्न बुढोलाई विदेश पठाउने निर्णय गरेकी हो ! बिचरा कति दुःख पायो होला आदि इत्यादि । उता बुढो विदेश मा दुःख पाएँ भनेर बिलौना गर्न थाले अनि कान्छीले नेपाल झिकाउने पैसा पठाएर बुढोलाई नेपाल फर्काइन्।
समस्या झन जटिल बन्दै गयो। एकदिन छोराछोरीलाई बोलाएर उनले भनिन् " नानी बाबु हाम्रो जीवन अस्त व्यस्त भयो । पैसा कमाउन सकिएन अब म विदेश जानु पर्यो । तिमीहरू आफ्नो काम आफैँ गर्न सक्छौँ भने म जान्छु "। आमाको कुरा सुनेर पहिला त छोराछोरी रोइ कराइ गरे तर पछि सबैले जानु भनेर सल्लाह दिए ।
कान्छीले श्रीमानसँग सोधिन् ! उनले कुनै रोक टोक गरेनन् । केही दिन पछि उनी विदेश गइन्।विदेशमा उनका अनगन्ती दुःखहरू जोडिए आँसुमा उनले ती दुःख बगाई रहिन् । फेरि उनको परिवारले भन्न थाले " कान्छी विदेश गएर यहाँ उसको बुढाले नपाउनु दुःख पायो । कति दुःख दिन सकेकी ? अलछिनी रहिछ ! विदेशमा मोज गरेर बसेकी छे । यसै यस्तै लान्छाना बुढो विदेश हुँदा पनि कान्छीको पबित्र सम्बन्धलाई नजाएजी आँखाले देख्दथे र कान्छी स्वयम् विदेश जाँदा पनि उनको चरित्रमाथि विभिन्न प्रस्न बाचक चिन्ह लागाउँदै थिए । उफ् ! कान्छी!! कान्छीको दुःख कसले अन्दाज गर्छ हँ ? चरित्रको सम्मान कहिले र कसले गर्छ ?