विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार दिन नसक्दा कमजोर भएको बताएका छन् ।
उनले प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसक्दा संघीय गणतन्त्र कमजोर भएको बताएका हुन् ।
समाजवादी मोर्चाले आज विराटनगरमा आयोजनामा गरेको सन्देश सभामा यादवले गणतन्त्र संस्थागत गर्ने समय घर्किदै गएको गुनासो समेत गरेका छन् ।