विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार कति दिन टिक्छ भन्ने चिन्तामा आफू नरहेको बताएका छन् । विराटनगरमा सोमबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार ढल्ने चिन्तामा परेर भ्रष्टाचारविरुद्धको अभियान नरोक्ने बताएका छन् ।
सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको अभियान ललिता निवास हुँदै सुनको तस्करविरुद्ध लागेको छर एकपछि अर्को बेथितिविरुद्ध यस्तो कदम लिएपछि देशभर प्रतिक्रियावादीहरु यसको षडयन्त्र गरिरहेकोउनको भनाइ थियो। आफ्नै लडाईंले अघि बढ्न सकिने बताउदै उनले त्यतिबेला जनताको साथ चाहिने बताए।