विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता गजेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
यादवलाई प्रदेश प्रमुख परशुराम खापुङ्को उपस्थितिमा उच्च अदालतका निमित्त न्यायाधीश दिनेश यादवले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
मुख्य न्यायधिवक्ता बुद्धिबहादुर कटुवालले राजिनामा दिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले आचार्यलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेका हुन् ।