बा....
मेरै जीवनले चार वसन्त पार गरिसक्यो
तिम्रा दुःख ले शान्तिका श्वास फेरेनन्
आनन्दको भारी बोक्न, दुःख बिसिनुपर्ने
भरथेग गर्ने छोरा-नातिले टेकोसम्म टेकाएनन्।
बा...
आमा बितेको तीन वसन्त तीन पुग्यो
दिन गनेर बसेका तिम्रा याद अरुले बुझेनन्
स्मृतिले सपनामा कोट्याईरह्यो मध्यरात
हटाइदिएनन् कसैले छातीमा अडेका हात
बा...
छोरो भन्यौं, विवाह भए मात्रै मोक्ष हुन्छ खोज्यौ
इच्छा मुख हेर्ने नातिनातिनाको जगाएर रोयौ
काखमा साँवाको ब्याज बोकेर मन फुरुङ्ग पार्दै
पुस्तान्तरको भविष्य सम्झदै पुन: दौडिरह्यौ
बा...
तिम्रा हातका अौलामा नङ्ग छैनन्, खुट्टाका चट्टानमा
बाहुला सार्दै दुःख भुल्न सुम्सुम्याउँछौ फुटेका नाडी
सकिएको तागतले थरथर कापिरहेको शरीर अड्याएर
त्यहि पनि मेरा लागि हेरेर सान्त्वना पस्कने मुख मात्रै छ ।
बा...
मलाई जीवन बुझेर बाँचेको लाग्छ हजुरको सपना
दुःख कुल्चेर दौडिरहेको लाग्छ दैनिकी
आराम लिने दिनका मिल्दैछन् तारतम्य
आफ्ना सन्तानका लागि तिमी सधैं शान्त-सौम्य
बा...
पीर नगर, पीर गरेर गरिखाईदैन बारम्बार भनिरह्यौ
श्वास थिचिने भारी बोकेर आफ्ना जीवनका दिन बितिरहे
प्रतीक्षा गरेर बसेका दिन टुलुटुलु हेरिरहेका तिम्रा आँखा
कोहि न कोहि प्रेम भरेर बस्नेछ साथ, बुबा माया ।