विराटनगरका हलमा ‘एक भागवत गीता’ का लागि तानिए दर्शक

<span class='c1'>विराटनगरका हलमा ‘एक भागवत गीता’</span> <span class='c2'>का लागि तानिए दर्शक</span>

विराटनगर । नेपालभरका चलचित्र हलमा ‘एक भागवत गीता’ प्रदर्शनमा आएपछि दर्शकको बाक्लो उपस्थिति देखिएको छ ।

भदौ २९ गतेबाट रिलिज भएको चलचित्र विराटनगरका हलहरुमा समेत खचाखच भीडसहित प्रदर्शन भईरहेको हो ।

विराटनगरका चार हलमा चलचित्र, ‘एक भागवत गीता’ प्रदर्शनमा रहेको छ । भाटभटेनीको क्यूएफएक्स, हिमालय, सिटी सिनेमा, सेन्ट्रल मलको सिनेमा हलमा प्रदर्शन भईरहेको हो ।

झरना थापाको निर्देशनमा बनेको चलचित्रले यौनिक तथा लैंगिक अल्पसंख्यकको अवस्था झल्काएको छ । यसैगरी उनीहरुलाई समाजले कसरी स्वीकार गर्छ भन्ने विषय देखाइएको छ । यो चलचित्र मिथिला र पोखराको प्राङ्गणमा छायाँकन गरिएको हो ।

चलचित्रले झिझियालगायत मिथलाका अन्य संस्कृतिलाई समेत समेटेको छ । चलचित्रमा मधेश र पहाडलाई जोड्ने कोशिस गरीएको छ । चलचित्र हेर्न जाँदा मिथिलाबासीले नेपाली भाषा बुझ्न समस्या हुने र पहाडी समुदायका दर्शकलाई मैथिली भाषा बुझ्न समस्या हुन्छ । यो चलचित्रमा भने मैथिली र नेपाली भाषा प्रयोग भको छ । जसले गर्दा सबैतिरका दर्शकलाई सहज मानिएको छ ।

चलचित्रका कलकार सुहाना थापाले गीताको भूमिका निर्वाह गरेकी छिन् । दर्शकले एकदमै रुचाएको पात्र बिपिन कार्कीको ‘कमला माई’ को भूमिकामा छन् । चलचित्रले छोरी जन्मदा गरीने हेला र छोराले महिलाले लगाउने श्रृगार लगाउँदा छोरा मान्छेको आयु घट्छ भनेर सोच्ने जस्ता विकृत मानसिकतालाई देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्