विराटनगरको रवि शंकरमा अभिभावकलाई खेल

<span class='c1'>विराटनगरको रवि शंकरमा</span> <span class='c2'>अभिभावकलाई खेल</span>

विराटनगर । विराटनगरस्थित श्री श्री रवि शंकर विद्या मन्दिरले हरेक तीन महिनामा अतिरिक्त कार्यक्रम आयोजना गरेर विद्यार्थी र अभिभावकलाई मनोरन्जन दिने गरेको छ । तीन महिनामा रचानात्मक कार्यक्रमको आयोजना गरेर विद्यार्थी र अभिभावकलाई एकै पटक मनोरञ्जन दिलाउने गरेको हो ।

बुधबार समेत तीन महिने कार्यक्रम अन्तर्गत विविध गतिविधिमा सहभागि गराएको हो । तीजलाई लक्षित गर्दै रवि शंकरले सांगितीक कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थी तथा अभिभावकका लागि सन्देशमुलक कार्यक्रम राखेको हो । यस पटक अभिभावकले आफ्ना सन्तानको र सन्तानले अभिभावकको कसरी हेरचाह सम्मान गर्ने भन्ने विषय उठाइएको थियो ।

विद्यालयले हरेक तीन महिनामा एउटा कार्यक्रमको आयोजना गर्दै अइरहेको प्रिन्सिपल सिमा अग्रवालले जानकारी दिइन् । अविभावकसँग भेटघाट हुने, साथै बालबालिकाले कार्यक्रमको मञ्च उक्लन पाउने भएकाले पनि यस्ता खालको कार्यक्रमको आयोजना गर्दै आइरहेको बताइन् । उनले बच्चाहरुले सानैदेखि कार्यक्रमको मञ्चमा भिज्न जरुरी रहेको बताइन् । बालबालिकाले आफ्नो सम्भाव्यताहरु स्टेजमा प्रस्तुति देखाउन सक्ने र बच्चाहरु अन्य अविभावकहरुसँग पनि घुलमिल हुनसक्ने भएकाले पनि यस्तो कार्यक्रमको आयोजना गरेको उनले बााइन् ।

‘टिमवर्क सिक्छन्, कुनै पनि कार्यक्रम गर्दा थिम लिएर गरिन्छ त्यो थिम के हो भन्ने पनि बालबालिकाले सिक्छन्,’ उनले भनिन्,‘हामीले अभिभावकको पनि खेलहरु राखेर त्योबाट हामीले अभिभावकको ज्ञानहरु दिन खोजका छौँ फुड स्टलहरु पनि लगाएका छौँ यो फुड स्टलमा हाम्रो बच्चाहरुले नै काम गरेका छन्, खाना पनि सबै आफै बाँडेका छन् । स्कुलले पनि फर्निचर दिएका छौँ त्यो खर्च पनि विद्यार्थीहरुको र फाइदा पनि विद्यार्थीहरुको भनेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्