महेन्द्र मोरङका प्रमुखलाई क्याम्पस प्रवेश निषेध, समस्या समाधान गर्नुभन्दा फोन अफ गरेर आराम

<span class='c1'>महेन्द्र मोरङका प्रमुखलाई क्याम्पस प्रवेश निषेध, समस्या</span> <span class='c2'>समाधान गर्नुभन्दा फोन अफ गरेर आराम</span>

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिनालाई परीसरमै प्रवेश निषेध गरिएको छ । विद्यार्थी संगठनहरुले क्याम्पसको मुख्य प्रवेशद्वारमै व्यानर राखेर क्याम्पस प्रवेश निषेधको सुचना दिइएका हुन् ।

संयुक्त विद्यार्थी संगठनको यो आन्दोलनलाई स्वतन्त्र विद्यार्थी यूनियनले समेत समर्थन जनाएको छ । स्ववियु सभापति जसवन्त पौडेलले संयुक्त विद्यार्थी संगठनको आन्दोलनमा स्ववियुले समेत ऐक्वद्धता जनाएको जानकारी दिएका छन् । उनले समस्या आएपछि क्याम्पस प्रमुखले समाधान खोज्नुपर्नेमा चासो नदिएको आरोप लगाएका छन् । विद्यार्थी संगठनको आन्दोलनमा स्ववियुको ऐक्वद्धताका कारण क्याम्पस प्रशासनलाई असजिलो भएको छ ।

मोरङ क्याम्पसमा एक विद्यार्थीले दिइएको परीक्षाको थप उत्तरपुस्तिका साटफेर गरेर आफ्नी छोरीको मूलप्रतिसँग राखेको पाइएपछि विद्यार्थीहरुले त्यसलाई सच्याउन माग गर्दै आन्दोलन गरिरहेका छन् । मानवीकी संकाय, स्नातक तह पहिलो वर्ष अग्रेजी विषयको उत्तरपुस्तिका साटफेर भएको खुलेपछि आन्दोलनले चर्को रुप लिईरहेको छ ।

२०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा ६०००३००८२ सिम्बल नम्बर भएकी सन्ध्या कायस्थले थप गरेको चार पेज उत्तर पुस्तिका गार्डले अर्को सिम्बल नम्बरमा गाभेको पुष्टि भएको थियो । मूलप्रति सन्ध्याकै भएपनि थप उत्तरपुस्तिका गार्ड बसेका क्याम्पसका उपप्राध्यापक राजन दत्तले त्यही कोठामा परीक्षार्थी रहेकी छोरी आस्था हमालकोसँग गाभेर पठाएको खुलेपछि सच्याउन आन्दोलन भईरहेको छ ।

मोरङ क्याम्पसमा सन्ध्या कायस्थको उत्तरपुस्तिका दत्तले आफ्नी छोरी आस्थाको सिम्बोल नम्बर ९६०००३०००९० मा गाभेको पुष्टि भएपछि त्रिभुवन विश्वविद्यालयले उनलाई निलम्बन गरेको छ । तर, यता विद्यार्थीको नतिजा भने करेक्सन भएको छैन । त्यहि विषयमा महेन्द्र मोरङ क्याम्पस भित्र आन्दोलन चर्किएको बेला प्रमुख तिमल्सिनालाई क्याम्पस परिसरमा प्रवेश निषेध गरिएको घोषणा संयुक्त विद्यार्थी संगठन र स्ववियूले गरेको हो । विद्यार्थीहरुले क्याम्पस प्रमुख तिमल्सिनाको समेत मिलेमतो रहेकोले सन्ध्याको पुर्नपरीक्षाको नतिजा नआएको आरोप लगाउँदै आएका छन् ।

यस अगाडी स्नातकोत्तर क्याम्पसको भवनमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको सवारी साधनमा बुधबार बिहान आगजनी समेत भएको थियो । विद्यार्थी नतिजा करेक्सन गर्नका लागि परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन गरेको पुर्नपरीक्षाको नतिजा सार्वजानिक गर्नुपर्ने हुन्छ ।
पीडित विद्यार्थी सन्ध्या आफुमाथि अन्याय भएकोले न्याय पाउनु पर्ने माग गर्दै आएकी छिन् । उनलाई न्याय दिलाउन संयुक्त विद्यार्थी संगठनले चौतर्फी दवाव सिर्जना गर्दै आएका छन् । उनलाई वैशाख १९ गते पुर्नपरीक्षा दिने अवसर दिइएको थियो । तर परीक्षामा सामेल गराएपनि नतिजा भने अहिलेसम्म दिइएको छैन । यस विषयमा बुझ्न खोज्दा क्याम्पस प्रमुखको फोन स्वीच अफ छ । उनीसँग थप कुरा बुझ्न सकिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्