-बसन्त घिमिरे
आउ आउ सुजनहरु हाे
शिक्षककाे सबले बदनाम गराैं ।
बौद्धिकताले भ्याए सम्म
शिक्षककाे सबले अपमान गराैं ।।
सिकेजानेका गालि र हप्की
सम्झी सम्झी दुत्कार गराै ।
व्यङ्गवाणका कटुवचनले
गुरुहरु सम्झी द्वेष छराै ।।
तुच्छ शब्दहरुकाे वर्षा गर्दै
बदनामीकाे भेल बगाेस् ।
बेकम्मा झै ठानुन् सबले
हुर्मतकाे ताज चुँडि लगाेस् ।।
बदनामी नि यतिसम्म हाेस् कि
सबले पेशा छाेडिदिउन् ।
ज्यु ज्यु गर्दै प्राण बचाउन
सबका पाउ ढाेगिदिउन् ।।
हिनताबाेधले सीमा नाघी
शिक्षककाे शिर झुकिरहाेस् ।
अरुकाे भाग्य चम् चम् चम्क्याेस्
उसकाे भाग्य फुटिरहाेस् ।।
भावीसन्तति पर पर भाग्दै
शिक्षणलाई सन्ताप भनाेेस् ।
अरु अरु पेशा आशिर्वाद भै
शिक्षण पेशा श्राप बनाेस् ।।
आउ आउ ब्रह्मज्ञानी हाे
शिक्षककाे बदनाम गराै ।
अन्तस्करण नै पुलकित पारी
शिक्षककाे अपमान गराै ।।