- मणिराम दाहाल
ओरालाे लागेका छन्
जीवनका खुडकिलाहरू
न टेक्ने छ
न सकाउँने
आफुले बनाएका
जिवनकाे भारी अडाउँने टाेक्माहरू
अरूकाे कब्जामा छन् ।
सुन्नलाई कान छ
देख्नलाई आँखाहरू पनि छन्
केही हुँदा चस्स दुख्ने दिल छ
भएर पनि नभए
जस्तो गर्नु परेकाे छ ।
कहिले नजिकैकाे दु:खकाे पहाड
आफ्नै छातिमा खस्छ
कहिले फूलकाे धारले रेटछ
अनि मुस्कान उडेर बालुवामा खस्छ
भएको सबै कुरा गुमाउँदा
अभावहरू सिराने लाग्छन्
हिड्दै गरेका पाेइतालाहरू राेकिन्छन्
हिजाे बिताएका सुखद यादहरू
आँखै अगाडी
सम्झना बनेर आउँछन्
अनि फेरि बिलाउँछन्
एकै पलमा जीवन
बत्ती निभेकाे रात झै अन्धकार बन्छ ।
यसाे उज्यालो भर्न खाेज्याे
आँधी आएर उडाउँछ
रमाइलो क्षणका लागि
आकाशमा जुन र चराहरू पनि छन्
धर्तीमा फूल र नदिहरू छन्
संगितका धुन
पहाडकाे सुन्दरता
हिमालकाे मुस्कानहरू पनि छन्
तर केवल आफु भन्दा टाढा टाढा छन् ।
भिडमा हराएको मान्छे जस्तो
छुटेर गएको साथी जस्तो
एक्लो बनेकाे छ जीवन
छैनन् भन्दा धेरै छन्
आफ्ना र हितेसीहरू
तर आफ्ना जस्ता छैनन्
काेही कद्दर खाेज्छन
काेही आँखैमा बसेर घाेच्छन्
काेही केके केके साेध्छन्
काेही भाउ र दाउ खाेज्छन्
अनि तिललाई पहाड बनाएर
खाेइराे खन्छन् ।
रूखमा चढाउँछन्
अनि फेद काटछन्
खाेलाकाे किनार जस्तो
भयाे जिन्दगी
छालहरू आएर हिर्काउँछन
अनि जान्छन ।
माझी दाइकाे ढुङ्गा जस्ताे भयाे जीवन
अरूलाइ पार तारेर
आफु वारि वस्नु पर्ने ।