सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु पर्नेमा गृहमन्त्री श्रेष्ठको जोड

<span class='c1'>सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम</span> <span class='c2'>राख्नु पर्नेमा गृहमन्त्री श्रेष्ठको जोड</span>

विराटनगर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशको समृद्धिको लागि सद्भाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

कोशी प्रदेश राजधानी विराटनगरमा आयोजित सुरक्षा सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
कुनै पनि असहमतिलाई सम्वादद्वारा टुङ्गो लगाउन समेत उनले आग्रह गरेका छन् । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिँदै उनले कोशी प्रदेशमा भईरहेका पछिल्ला गतिविधि तर्फ इङ्कित गर्दै सामाजिक सद्भाव र सहिष्णुताको रक्षा गर्नुपर्ने बताए । उनले भने,‘ अहिले कोशी प्रदेशमा विविधता बीचको एकता, सहिष्णुतालाई कमजोर पार्न खोजिएको छ ।’
जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विषयमा सद्भाव र सहिष्णुता कायम गर्नु नै मुख्य कुरा रहेको उनले बताए ।

प्रदेशका चुनाैतिलाई राजनीतिक पार्टीले कसरी लिईरहेकाे छ भनेर कार्यक्रम आयाेजना गरिएकाे उनले बताए ।राष्ट्रिय स्वाधिनता, आन्तरिक एकता र आर्थिक विकासमा एकता गरेर जानु पर्ने‌मा उनले जाेड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्