कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको छ : ओली

<span class='c1'>कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम</span> <span class='c2'>गठबन्धनबाट भएको छ : ओली</span>

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले विराटनगर बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको धारणा राख्दै उनले कोशी प्रदेश मध्यावधि चुनावमा गए एमाललेलाई बुहमत ल्याउने अवसर मिल्ने दाबी गरेका छन् ।

‘स्थिरता अवश्य छ मध्यावधि तिर जानु उपयुक्त होइन्, मध्यावधि तर्फ धकेल्ने तर्फ बुद्धिमानी हुँदैन,’ उलने भने,‘ धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’ कोशी प्रदेशको एमाले अधिवेशनको नेतृत्व छान्ने सन्दर्भमा उनले नेतृत्व चयन गर्ने अधिकार प्रतिनिधिलाई भएको बताए ।

पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको बताउदै ओलीले अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने र नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्