विराटनगरमा भीमसेन जात्रा (फोटो फिचर)

<span class='c1'>विराटनगरमा भीमसेन जात्रा</span> <span class='c2'>(फोटो फिचर)</span>

विराटनगर । विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित विराटनगरका नेवार समुदायले यो जात्रा निकाल्दै आएका छन् ।

विराटनगर १० स्थित संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको छ । प्रत्येक बर्ष भाद्र शुक्ल पुर्णिमा तिथिमा विराटनगरमा भीमसेन जात्रा निकाल्ने गरिएको छ ।


विराटनगरमा २०७० साल असोज ३ गते भीमसेन मन्दिर स्थापना भएको थियो । २०७३ सालबाट प्रत्येकबर्ष जात्रा निकाल्ने गरिएको छ । नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् ।

भगवान शिवका ८ अवतारमध्ये एक अवतारकोरुपमा पुजिने भीमसेनलाई वैभव र समृद्धिको देउताकोरुपमा समेत पुजा गर्ने गरिएको भीमसेन मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ललित श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिर परिसरबाट निकालिएको भीमसेन जात्राले रोडशेषचोक,महेन्द्रचोक,बिजुली अफिसचोकबाट मेनरोड हुँदै मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

नेवार समुदायको बाहुल्य रहेको देशका विभिन्न शहरहरुमा भीमसेन जात्रा निकाल्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्