प्रेम देवान
विराटनगर । आर्थिक अभावका कारण उपचारमा समस्या भएकी एक बालिकाको उपचारर्थ आर्थिक सहयोग जुटेसँगै बालिकाका परिवारलाई ठुलो राहत मिलेको छ । सुनसरी बर्जु गाँउपालिका ५ की ३ वर्षीया रन्जना मुखिया मेनिनजाइटिसको रोगका कारण गोल्डेल अस्पतालमा उपचारर्थ थिईन् ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचार्थ एक शिशुको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या , आर्थिक सहयोग जुटाईदिन भन्दै आवर विराटनगरले असोज ८ गते समाचार प्रकाशित गरेको थियो ।
गत भदौ १९ गतेदेखि उनी हस्पिटल भर्ना भएकी थिईन् । शिशुका आमाबुबाको आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन सकिरहेका थिएनन् ।
बालिकाको उपचारमा समस्या देखेपछि सोही गाँउपालीका-५ मा कार्यरत महिला कर्मचारी सृष्टि बजगाइले बालिकाको उपचारर्थ पहल गरिन् । उनले आवर विराटनगरलाई समेत समाचारको माध्यमबाट सहयोग गरिदन आग्रह गरिन् । त्योसंगै उनले बालिकाको उपचारमा सहयोग जुटाईदिन आफ्ना साथी सर्कललाई सामाजिक संजालमा आह्वन गरिन् । आह्वान गरेसँगै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगीहरुको हात अगाडी बढ्न थाले । उता गाउँमा पनि वडा सदस्य मुरली नारायण मेहताले चन्दा संकलन गरका थिए ।
उनीहरुले उठाएको ७५ हजार रकम अस्पतालमा नै बुझाए । अस्पतालमा १ लाख ८० हजार र औषधीमा ५५ हजार गरी २ लाख ३५ हजार पुगेको थियो । ७५ हजार बाहेक अन्य रकम सहयोगीहरुले आर्थिक रकम सहयोग गरेका थिए ।
बालिकाको उपचारको लागि कसैले ५ हजार रुपैयाँ कसैले ९ हजार रुपैयाँ,कसैले १० हजार रुपैयाँ र एक जनाले नाम नखुलाउने सर्तमा ६६ हजार रुपैयाँ बालिकाको उपचारको लागि सहयोग गरेका थिए ।
अहिले बालिकाको उपचारपछि अस्पतालले डिस्चार्ज गरेको छ । अस्पताल र औषधी पसलले पनि उपचारर्थ र औषधी खर्च वापतको रकममा छुट दिएको थियो ।
यता बालिकाका आमा राधादेवी मुखिया र बुबा राजकुमार मुखियाले छोरीको उपचारमा सहयोगी हात र विशेषगरी गाँउपालीकाकी कर्मचारी सृष्टी बजगाईलाई विशेष आभार प्रकट गरे । पैसा नपुगेर अस्पतालमा समस्या भइरहेको थियो ।
अझ आवर विराटनगरले पनि समाचार प्रकाशित गरेर झन ठुलो राहत मिलेको छ बुबा राजकुमारले भने, ‘छोरीले नयाँ जिवन पाएकी छिन् र सहयोग गर्ने सबैलाई धन्यावाद दिन चाहान्छु ।’