विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।
आइतबार अपराह्न १२ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका भएपनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार सहमतिको प्रयास भइरहेको भएपनि सहमति जुट्न नसक्दा अझै समय लाग्ने भएको छ ।
अध्यक्ष पदका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन्। त्यसो त अधिवेशनको उद्धघाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले प्यानल नबनाउन भनेर नेताहरुलाई आग्रह गरेका थिए । तर, अध्यक्षका दुबै आकांक्षी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
यता, अध्यक्षका उम्मेदवार ढकालले कुनै प्यानल नबनाइ, लबी नगरी आ-आफ्नो ढंगले चुनाव लड्न सक्ने दाबी गरे । ‘१४ वटै जिल्लाकै प्रतिनिधि आउनुभएको छ, मैले कुनै प्यानल होइन कुनै लबी होइन नेकपा एमाले एक ढिक्का छ । आ-आफ्नै ढंगले चुनाव लड्न सक्नुहुन्छ ।’उनले भने ।
यता, घनश्याम खतिवडाले पनि प्यानल नहुने बताउदै उनले व्यक्तिगत प्रतिस्पर्धा गरेर अधिवेशन सफल बनाउने बताए । सचिवमा उदयपुरका शैलेश लामा सचिवमा पाँचथरका राजकुमार भण्डारी छन्।
दुई उपसचिवका लागि तीन जना मैदानमा छन्। संखुवासभाका भविश्वर गुरूङले उम्मेदवारी फिर्ता लिएपछि मोरङका खेम नेपाली खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशीको उम्मेदवारीरहेको छ।