विराटनगरको भाटभटेनीमा नक्कली भारु नोट सहित एक जना पक्राउ

<span class='c1'>विराटनगरको भाटभटेनीमा नक्कली भारु नोट</span> <span class='c2'>सहित एक जना पक्राउ</span>

विराटनगर  ।  विराटनगरको सुपरमार्केटबाट मोरङ प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर– ६ भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बेलामा नक्कली नोटसहित सनुसरी हरिनगरा गाउँपालिका –६ का ३४ बर्षका ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीले शनिबार भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गरी पैसा तिर्ने क्रममा भारतीय नोट दिएका थिए । अन्सारीले दिएको भारु २ सय र पाँच सय रुपैयाँ नोट नक्कली रहेको प्रहरीले जनाएको छ । नक्कली नोट दिएको आशंकामा सुपरमार्केटका कर्मचारीले वडा प्रहरी कार्यालय विराटनगरलाई खबर गरेका थिए । वडाबाट खटिएको प्रहरी टोलीले नक्कली भारतीय नोट जस्तो देखिने २ सय दरको २० ओटा र ५ सय दरको ७ ओटा नोट गरी जम्मा भारु ७ हजार ५ सय र बा १६ च ७६१३ नम्बरको कारसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
पक्राउ परेका अन्सारीलाई आज मोरङ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्