विराटनगरमा एमाले प्रदेश अधिवेशन : नेता भर्सेस कार्यकर्ता, उपाधि अध्यक्ष

<span class='c1'>विराटनगरमा एमाले प्रदेश अधिवेशन :</span> <span class='c2'>नेता भर्सेस कार्यकर्ता, उपाधि अध्यक्ष</span>

विराटनगर । पार्टी भित्र कुनै पनि गुटबन्दी छैन भनेर दावी गरिदै आएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा 'गुटगत' समस्याको पोको खोलिदिएको छ ।

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी प्रसाद न्यौपानेले तीनदिन अगाडिको पत्रकार सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन हुनसक्ने दावी गरेका थिए । तर, सिंगो नेतृत्व पंक्ति एकातर्फ लागेर गुटबन्दी मलजलमा लागेका हुन् ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सहमतिमा नेतृत्व चयन गर्न नेताहरूले गरेको प्रस्ताव दुवै आकाङ्क्षीले अस्वीकार गरेपछि अध्यक्षमा दुई जनाको उम्मेदवारीसहित निर्वाचनमा जानु शिवाय अरु विकल्प नदेखिएको हो।
एक दशकअघि नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा आमनेसामने भएका दुई पात्र फेरि राजनीतिक भीडन्तमा उत्रिएका छन् । मोरङको विराटनगर घर भएका विनोद ढकाल र लेटाङ बस्दै आएका घनश्याम खतिवडा अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रदेश अध्यक्ष पदका उम्मेदवार ढकाल एमाले मोरङको दुई कार्यकालसम्म अध्यक्ष भईसकेका एमालेका प्रभावशाली नेता हुन् । खतिवडा भने मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य समेत भईसकेका एमालेका पुराना नेता हुन् । यसअघि मोरङ अध्यक्ष पदमा एकपटक प्रतिस्पर्धा गरिसकेका केन्द्रीय कमिटी सदस्य ढकाल र कोशी प्रदेश कमिटीका सदस्य खतिवडा डेढ दशकपछि प्रदेशका प्रतिस्पर्धी बनेका छन् ।
प्रदेश अध्यक्ष पदका उम्मेदवार ढकालको प्रस्तावक मोरङका मुकेश बुढाथोकी र समर्थक मोरङकै महेश भट्टराई छन् । खतिवडाको प्रस्तावक खोटाङका रामप्रसाद दंगाल र समर्थक ताप्लेजुङका छत्रपति प्याकुरेल छन् ।

अध्यक्ष पदका लागि विनोद ढकाल र घनश्याम खतिवडाबिचको यो भीडन्त पहिलो भने होईन् । २०६६ सालमा पनि उनीहरुले एमालेको मोरङ जिल्ला अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला ढकालले सफलता हात पारेका थिए ।ओली समुहबाट उम्मेदवार बनेका ढकाल र माधवनेपाल समुुहबाट उम्मेदवार बनेका खतिवडा जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि पुनः आमनेसामने भएका हुन् ।

यसपटक उनीहरुको प्रतिस्पर्धा एमालेको प्रदेश अध्यक्ष पदका निम्त्ति हो । तर, यसपटकको प्रतिस्पर्धा २०६६ जस्तो सहज भने नरहेको एमालेकै नेताहरुले बताएका छन् । प्यानल बनाएर लडिएको चुनावले व्यक्तिगत तिक्त्तता बढ्ने र पार्टीलाई समेत असर पुग्ने उनीहरुको बुझाई छ । यद्यपि, पार्टीका केही नेताहरुले भने प्यानल बनाएर चुनाव लड्ने बिषयलाई सामान्य ठान्नुपर्ने तर्क गरेका छन् ।
प्रदेशअध्यक्षमा आमनेसामने भएका दुई नेताबीचको प्रतिस्पर्धामा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका स्थायी कमिटी सदस्यहरू पनि दुई भागमा बाँडिएका छन् । एमालेको प्रथम प्रदेश अधिवेशनले भने पदाधिकारीसहित २१५ सदस्यीय कार्यसमिति चयन गर्ने बताईएको छ । ढकाफ कार्यकर्तासँगको भरमा छन् । खतिवडा नेताको बुई चढेर कार्यकर्तालाई हात हल्लाई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्