विराटनगर । सप्तरीको खडक नगरपालिका ११ बनौलीमा एकजना युवकको हत्या भएको छ । भदौ २१ गते देखि हराईरहेका १८ वर्षीय युवक मोहम्मद अजिम मुद्दिनको हत्या गरेर शव पोखरीमा गाडिएको अवस्थामा बरामद भएको हो ।
प्रहरी सर्चअप्रेसन गरि पोखरीमा शव फेला पारेको थियो । शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा फेला परेको शव उनकै भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपालेने बताए ।
प्रहरी स्रोतका अनुसार अजिमको एक बालिकासँगको प्रेम सम्बन्धका कारण उनको हत्या भएको खुलेको छ । घटनाको विस्तृत जानकारी प्रहरीले सोमबार दिउँसो दिने भएको छ ।
टुक्रा गरेर शव बोरामा राखेको र सडेकाले पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आरोमा बिना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेक ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । थप संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।