आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेता

<span class='c1'>आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस</span> <span class='c2'>अफ द इयर इन्टरनेसनल २०२३’ का विजेता</span>

काठमाडौँ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौँ संस्करणअन्तर्गत आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेताहरूको घोषणा गरेको छ ।

शनिबार साँझ काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनियर र जुनियरअन्तर्गत केटा र केटी गरेर चार विजेता चुनिएका छन् । जसअन्तर्गत आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’का विजेताका रूपमा घोषित भएका छन् ।

प्रतियोगितामा सिनियर केटातर्फ आरुष भट्टराई र जुनियर केटातर्फ ब्रबिम बराल विजेता बने भने सिनियर केटीतर्फ अक्क्षयनी दाहाल र जुनियर केटीतर्फ सायुरी कँडेलले उपाधि प्राप्त गर्न सफल भए । त्यस्तै, प्रतियोगितामा जुनियर केटातर्फ सम्भव जैन फर्स्ट रनअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर केटातर्फ भियोम गोयल फर्स्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप बन्न सफल भए । त्यसैगरी, प्रतियोगितामा सिनियर केटीतर्फ सावलिन महर्जन फर्स्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर केटीतर्फ सदीक्षा जिसी फर्स्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भए ।

विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालिको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । सात वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा डान्स कोरियोग्राफर संयुक्त स्थापित, कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजू, ड्रेस डिजाइन श्रीषा बैदारले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्