सबै दलले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ : अध्यक्ष ओली

<span class='c1'>सबै दलले कोशी प्रदेश सरकारलाई</span> <span class='c2'>समर्थन गर्नुपर्छ : अध्यक्ष ओली</span>

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकाले त्यसतर्फ सबै राजनीतिक दलले त्यसान ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले देशमा साम्प्रदायिक सद्भाव कायम गर्नु सबै नेपालीेको दायित्व भएको बताउँदै नेपालको जातीय विविधता र एकता बिगार्नेबाट सचेत हुन आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा संसद्को दुई तिहाइ मतबाट मात्र हुनसक्ने बताउनुभयो । उहाँले गणतन्त्रका विरुद्धका अभिव्यक्ति नागरिक स्वतन्त्रताको उपयोगबाहेक केही नभएको टिप्पणी गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्