भायानेटले सार्वजनिक गर्‍यो ‘चाडमा चौका’ अफर

<span class='c1'>भायानेटले सार्वजनिक गर्‍यो</span> <span class='c2'>‘चाडमा चौका’ अफर</span>

काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपिएसको इन्टरनेट सेवा वार्षिक आठ हजार चार सय रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ।

यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ।

भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेक आठ हजार चार सय रुपैयाँमा मा १२५ एमबीपिएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य रहेको कम्पनीको दाबी छ ।

यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ।

वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशत सम्म छुट पाउनेछन्।

ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स रु एक हजार २२५ र हिमस्टारका विभिन्न प्रडक्टहरूमा छुट पाउनेछन् ।

४३ इन्च स्मार्ट टिभी रु २७,५००, ५५ इन्च स्मार्ट टिभी रू. ५४,०००, रेफ्रिजरेटर रू. १७,५१० र वाशिङ मेसिन रू. ४१,२०० सम्ममा उपलव्ध हुनेछ । माथि उल्लेखित मूल्यमा भ्याटसमेत जोडिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मङ्सिर ९ गतेसम्म मान्य रहने यो अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने अवसर प्रदान गर्ने कम्पनीले विश्वास लिएको बताइएको छ ।

अफरहरूको बारेमा थप जानकारी तलको लिंकबाट हेर्न सकिन्छ ।
http://www.vianet.com.np/chadmachauka2080

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्