कटहरीका बलिरामको गुनासो ‘मृत्यु नजिकबाट छोरो बचाँए, अदालतले न्याय दिएन’

<span class='c1'>कटहरीका बलिरामको गुनासो ‘मृत्यु नजिकबाट</span> <span class='c2'>छोरो बचाँए, अदालतले न्याय दिएन’</span>

विराटनगर । त्यो साँझ २०७७ मंसिर २७ गते, मोरङ कटहरी–१ बलिराम राजबंशीको घरमा सन्नाटा छाएको थियो । एउटा खुट्टाको मात्रै भर भएका बलिरामका घरमा छिमेकी बलिराम राजबंशी र छोराहरु लक्ष्मण र धिरेन, रामबिलास राजबंशी (सालो)को समूहले आक्रमण गरेको थियो ।

आक्रमणमा छोरा नन्दराज राजबंशी, गिता राजबंशी (श्रीमती), अनिता राजबंशी (छोरी) र उनी समेत घाईते भएका थिए । अन्यको अवस्था सामान्य रहेपनि आक्रमणमा छोरा नन्दराजको अवस्था नाजुक थियो । उनलाई तत्काल प्रहरीले कोशीमा भर्ना गरेको थियो । त्यहाँ शल्याक्रिया संभव नभएपछि गोल्डेन अस्पतालमा भर्ना गरेर टाउकोको शल्याक्रिया गरिएको थियो ।

बलिरामका अनुसार छोरामाथिको आक्रमणपछि टाउकोको अप्रेशन गर्दा चारलाख ७२ हजार रुपैँया गोल्डेनमा खर्च भएको थियो । त्यसपछि ढेड महिनासम्म नोबेलमा राखेर उपचार गरेपछि छोरालाई घर फर्काइएको थियो । उपचारमा मात्रै दशलाख खर्च भएको उनको दावी छ ।
घटनापछि आक्रमणमा संलग्न विरुछ ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएइएको थियो । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै कुटपिट तथा अंगभंगमा अनुसन्धान गरेर सरकारी वलिकको कार्यालयले अभियोग दर्ता गरेको उनले बताए ।

प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन राजनीतिक कारणले नसकेको बलिरामको गुनासो छ । अभियोग दर्ता भएको कुरा समेत आफूले जानकारी नपाएको उनले बताए । अदालतमा मुद्दा चलिरहँदा जिल्ला अदालत मोरङका न्यायधिशल कपिलमणी गौतमको इजलासले २०७९ बैशाख १२ गते फैसला गरेको थियो । आदेशको क्रममा धरौटी माग गरिएका प्रतिवादी विरुद्धको मुद्दा फैसला हुँदा कुटपिट अंगभंगको कसूरबाट समेत सफाई पाउने ठहर गरिएको पीडितको गुनासो छ ।

पीडित पक्षले पाउनु पर्ने क्षतिपूर्तिका बारेमा समेत अदालतको फैसला मौन बस्दा बलिराम अहिले छोराको उपचार वापत लागेको ऋण तिर्न नसक्ने अवस्थामा रहेको गुनासो गर्दछन् । उनले भने धरौटी समेत फिर्ता हुने गरि सफाई दिन भएको फैसलामा हाम्रो पीडा कहिं पनि बोलिएन । बलिरामले फैसला चित्त नुबुझ्दा पुनरावेदन गर्न समेत अहिले आनाकानी भईरहेको आरोप लगाए । उनले यो घटनाको सम्बन्धमा अदालतले गरेको फैसलाले न्याय नपाउँदा पीडित बनेको पक्षलाई सहयोग गरिदिन आग्रह गरेका छन् । बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर राजबंशीले राजनीतिका कारण अदालत भित्रबाट आफूमाथि अन्याय गरिएको पीडा पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्