कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री केदार</span> <span class='c2'>कार्कीले विश्वासको मत पाए</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्।

बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत प्राप्त भएको र विपक्षमा ५ मत प्राप्त भएको छ ।प्रदेशसभामा कायम रहेका ९३ मध्ये उपसभामुख बाहेक सांसदहरु मतदानमा सामेल भएका थिए । राप्रपा सांसद प्रेमराज थाङ्सुहाङ अनुपस्थित रहेका थिए ।

मुख्यमन्त्री कार्कीलाई बहुमत सांसदले विश्वासको मत दिएको बैठकको सभाध्यक्षता गरेकी उपसभामुख सृजना दनुवारले घोषणा गरेकी थिइन । घोषणा माननीय केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु' दनुवारले भनिन् ।

एमालेका ३९ र काङ्ग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८(५) बमोजिम नियुक्त कार्की गत असोज २७ शनिबार नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्