विराटनगरमा धर्तीको स्वर्ग अनुभूति दिने “ह्यापी आवर हेभेन” रेष्टुरेन्ट संचालनमा

<span class='c1'>विराटनगरमा धर्तीको स्वर्ग अनुभूति दिने</span> <span class='c2'>“ह्यापी आवर हेभेन” रेष्टुरेन्ट संचालनमा</span>

विराटनगर । विराटनगर-४ कन्चनबारी पिपल चोकमा "ह्यापी आवर हेभेन" रेष्टुरेन्ट संचालनमा आएको छ । स्वादका पारखीहरु तथा अतिथ्यताको चाहनालाई मध्यनजर गर्दै संचालनमा ल्याईएको रेष्टुरेन्टमा विशेष स्वादका साथै बिशेष आतिथ्यमा खाना पस्किने भएकोले कोशी प्रदेशको राजधानी विराटनगरका स्वादका पारखीहरुको पनि त्यहाँ राम्रो उपस्थिति हुने विश्वास गरिएको छ ।

५ जना युवा व्यवसायीहरु सरोज लम्साल, प्रतिक पौडेल, डा. रुजन बन, डा. रोबिन श्रेष्ठ र बिबेक दाहालले करिब १.५ करोडको लगानीमा उक्त रेष्टुुरेन्ट सञ्चालनमा ल्याएका हुन् । उक्त रेस्टुरेन्टमा २० जनालाई रोजगारी दिईएको छ । खानासँगै संगितको कला मार्फत ग्राहकलाई मनोरञ्जन दिने उदेश्यले रेष्टुरेन्टको आकृर्ति पनि तेही अनुरुपमा डिजाइन गरिएको छ । रेष्टुरेन्टमा स्वास्थ्य मापदण्डका नियम पालना गर्दै किचन सेटअप गरिएको संचालक सरोज लम्सालले जानकारी दिए । रेष्टुरेन्टमा नेपाली,चाइनिज,कन्टिनेन्टल,इन्डियन खानाका साथै "हेवेन बिशेष" परिकारहरु पाइन्छन ।

परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै समयानुसारको प्राविधिक सेवा अर्थात अनलाईन अर्डर र होम डेलीभरीको व्यवस्था, स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित सुरु गरिएको संचालक लम्सालले जानकारी दिए ।

साथै, पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय खानाका पारखीहरुका लागिसस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको (मल्टी क्विजन) रेष्टुरेन्ट संचालनमा ल्याईएको हो।

घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी‘टेकअफ’(प्याकिङ फुड लिने) सुविधा समेत ह्यापी आवर हेवेनले सुरु गरेको छ । साथै फेमिलीको लागि एसी हाल, कर्पोरेट मिटिंग रुम तथा यथेष्ट पार्किङको समेत व्यवस्था रहेको छ ।

ह्यापी आवर हेवेन रेष्टुरेन्टमा पारिवारिक भेटघाट,बर्थडे,गुन्यु चोली,बिभिन्न किसिमको मिटिङ,सभा लाइभ बारबेक्यू पार्टी लगायतको अन्य शुभकार्य पनि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्