जहदा गाउँपालिकामा वर्ल्डलिंकले सुरु गर्यो इन्टरनेट सेवा

<span class='c1'>जहदा गाउँपालिकामा वर्ल्डलिंकले सुरु</span> <span class='c2'>गर्यो इन्टरनेट सेवा</span>

विराटनगर । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले मोरङको जहदा गाउँपालिकामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ ।

आइतबार वर्ल्डलिंकले जहदा गाउँपालिकामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो ।

यससँगै जहदामा तारसहितको फाइबर इन्टरनेट र नेटटिभी (आइपि टिभी) सेवा विस्तार गर्ने पहिलो कम्पनी बनेको वर्ल्डलिंकले दाबी गरेको छ । जहदालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित र उत्साहित भएको वर्ल्डलिंक विराटनगर शाखाका प्राविधिक विभागका प्रमुख केशव कुमार दासले जानकारी दिए ।

काठमाडौंकै गतिको ३०० एमबिपिएससम्मको इन्टरनेट सुरुवात भएको र अब यसले सिंगो जहदा गाउँपालिका जोड्ने केशव कुमार दासले बताए । जहदामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर सबैलाई जहापनी जहिले पनि जोडने कम्पनीको भिजन भएको र यो देशलाई जोड्ने अभियान भएको पनि कम्पनीले बताएको छ ।

ईन्टरनेट जडान गर्न कम्पनीको वेबसाइट worldlink.com.np मार्फत बुक गर्न सकिने , कम्पनीको फोन न ९८०१५२३०५० वा विराटनगर शाखाको फोन नम्बर ०२१५७००२० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्