विचौलियाले फसाइएका विराटनगरका जय कुमार राईलाई न्यायका खोजी गर्दै पीडित परिवार

<span class='c1'>विचौलियाले फसाइएका विराटनगरका जय कुमार राईलाई</span> <span class='c2'>न्यायका खोजी गर्दै पीडित परिवार</span>

प्रेम देवान
विराटनगर । तस्करीहरुले आफु फस्ने डरले विराटनगरका सोझा सवारी चालकहरुलाई फसाउने गरेको भेटिएको छ । यसैविच भारतबाट क्यारिङ्गमार्फत कपडाको तस्करी गर्ने गिरोहको समूहले विराटनगरका एक जना सवारी चालकलाई फसाएको भन्दै न्यायको लागि परिवारले ६ दिनदेखी हारगुहार गरेका छन् ।
नक्कली बिलबिजक देखाएर सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार राईलाई भारतबाट क्यारिङ गर्ने तस्करको समूहले फसाएको भन्दै रिहाइको माग राखेका हुन् ।

कात्तिक ९ गते बिहीबार दिउँसो विराटनगर ४ कन्चनबारीबाट सशस्त्र प्रहरी बल मोरङले अवैध रूपमा सुन्दरहरैँचा लैजादै गरेको करिब सात लाख ५० हजार रुपैयाँ मूल्य बराबरको कुर्तासलवार बरामद गरेको थियो । सशस्त्रको सादा पोशकका प्रहरीले प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपबाट आठ सय ३४ थान कुर्तासलवार बरामद गरिएको थियो । लत्ताकपडा बरामद गरेको पिकअप राईको हो । उनलाई भारतबाट तस्करी गर्ने दुई जना गिरोहले नक्कली बिलबिजक देखाएर मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरस्थित कपडाको पसल गर्ने व्यापारी प्रिया भनिने दुर्गा घिमिरेलाई दिनु भनेर पठाएका थिए । उक्त सामान गन्तब्यसम्म पुर्याउँदा गाडी भाडा बापत उनलाई तीन हजार रुपैयाँ दिने बताएका थिए । राईले भने ‘गाडी लिएर म गुद्रीमा बसेको थिए । दुई जना मोटरसाइकलमा आए । बिलबिजक देखाए । विराटनगर ६ सरौचियामा रहेको ओमेक्स फेसन होजियारीको स्थायी लेखा नम्बर (पान नम्बर) ६१४६७४०२० मा भ्याटसहित ५९ हजार ३२५ रुपैयाँ काटेको बिल थियो ।

सम्पूर्ण प्रक्रिया पुरा गरेको सामान रहेछ भनेर मैले ९८१०४१८१३१ नम्बरको प्रिया भनिने दुर्गा घिमिरेले संचालन गरेको मनकामना तयारी पोशाकमा लैजान भनेर विराटनगरबाट हिडेको थिए । कन्चनबारी पुग्दा प्रहरीले समायो । यो सामान अवैध हो भनेर प्रहरीले भनेपछि छानाबाट खसेजस्तो भए,’ अनुसन्धानको क्रममा व्यानमा चालक राईले भने, ‘ म सोझो राईको छोरा । लप्पन छप्पन जान्दिन । मैले त सोझो हिसाबले बिल हेरेपछि तेही अनुसारको सामान होला भनेर लिएर गएको थिए । तर, प्रहरीले समाएपछि सामान त अर्को हालेको रहेछ ।’

दिनभरी सवारी चलाएर आठ जनाको परिवार पाल्ने आर्थिक अवस्था नाजुक भएको परिवारलाई अहिले भन्सारले ७ लाख ५० हजार कपडाको, १५ लाख गाडीको र मान्छेको दिनको ५० हजार गरी झण्डै २३ लाख धरौटि माग्ने बताउँदै आएका छन् । ‘यत्रो पैसाँ कहाँबाट ल्याउनु ? । घरमा अपाङ्गता भएका विरामी आमा हुनुहन्छ । श्रीमानलाई सुनियोजित तरिकाले फसाएको छ । हामीले सामान ल्याउने मान्छे पनि पत्ता लगाइसक्यो । सम्पूर्ण कागजपत्र प्रहरी प्रशासन र भन्सारलाई पनि बुझाएका छौं । क्यारिङ गर्ने र कपडा मगाउने व्यापारीलाई प्रहरीले अहिलेसम्म समाउन सकेको छैन । एउटा सोझो श्रीमानलाई समाएर राखिएको छ,’ श्रीमती यदुमा राईले भनिन् । सुनियोजित तरिकाले फसाएको श्रीमानलाई बिना सर्त रिहा भन्सारले गरिनुपर्ने उनले माग राखेकी छिन् । अहिले उनका घरका परिवार आफन्त दैनिकी आफ्नो श्रीमान्लाई फसाईएको भनेर भन्सार कार्यलयमा पनि विन्ती चढाएको राईले भनिन् । तर कानुनी प्रक्रियामा गईसकेको कारण भन्सार कार्यलयले धरौटी तिराएर मात्र श्रीमानलाई निकाल्न पाईने भनेर भन्सार कार्यालय सुनाएको छ ।

भारतबाट कपडाको तस्करी गर्ने विराटनगर दरैयाबस्तीका मिथुन साहको रहेको स्रोतले बताएको छ । मिथुनले पल्सर मोटरसाइकलमा सहयोगी परिचालन गरेर सवारी साधनबाट सलकपुरमा कपडाको व्यापार गर्ने प्रियालाई बेचेको बिलबिजकबाट देखिन्छ । सवारी चालक राईका परिवारले क्यारिङ गर्ने र कपडा खरिद गर्ने व्यापारी पहिचान गरिसक्दा पनि सशस्त्र र नेपाल प्रहरीले अहिलेसम्म तस्करी गर्नेलाई पक्राउ गरेको छैन ।

मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेले आफ्नो कार्यक्षेत्रमा नपर्ने भएकाले भन्सारले भनेपछि पक्राउ गर्ने बताए । ‘सशस्त्रले सामान समाएपछि भन्सारमा बुझाएको छ । भन्सारले मुद्दा चलाएपछि बयान हुन्छ । बयानबाट खुलाएपछि भन्सारले पक्राउ गर्नुपर्दा प्रहरीलाई पत्रचार गर्ने हो । नेपाल प्रहरीलाई पक्राउ गर्ने सहयोग मागेपछि हामीले नियन्त्रणमा लिएर भन्सारमा बुझाउने हो,’ एसपी पोखरेलले भने । विराटनगर भन्सार कार्यायले आज (मंगलबार) धरौटि खोल्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्