टी-२० विश्वकपमा नेपाल छनोट भए नोबेल अस्पतालले १५ लाख पुरस्कार दिने घोषणा

<span class='c1'>टी-२० विश्वकपमा नेपाल छनोट भए नोबेल</span> <span class='c2'>अस्पतालले १५ लाख पुरस्कार दिने घोषणा</span>

विराटनगर । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल छनोट भएमा नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

कलेजले बुधबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो।

उक्त पुरस्कार रकम प्राप्त गर्न आईसीसी टी-२० विश्वकप २०२४ क्रिकेटमा छनोट हुनुपर्ने छ। साथै जारी प्रतियोगिताको फाइनलमा विजेता भएमा थप पाँच लाखसमेत दिने जारी सूचनामा उल्लेख छ।

विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले नेपाली क्रिकेट र खेलाडीहरूको सम्मानमा उक्त घोषणा गरेको बताएको छ। सूचना जारी गर्दै अस्पतालले नेपालको इतिहासमा नेपाल र नेपालीलाई एक जुट बनाउने कार्यमा खेलकुदको भूमिका पनि महत्त्वपूर्ण रहेको छ भन्दै उक्त कार्यको सम्मानमा पुरस्कार घोषणा गरेको हो ।

काठमाडौँमा जारी 'आईसीसी पुरुष टी-२० विश्वकप २०२४ एसिया छनोट'मा नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको छ। नेपाल विश्वकपमा छनोट हुनु नेपालका लागि गौरवको विषय रहेको भन्दै कलेजले नेपाली क्रिकेटको उच्च प्रशंसा गरेको छ। नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलाई कलेजका प्रमुख कार्यकारी प्रमुख डा. भोगेन्द्रप्रसाद उपाध्यायले पुरस्कार घोषणाको पत्र हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्