विराटनगर जामुनगाछी–केशलिया सडक : डिजाइन लेवल परिमार्जन र भेरिएसन बढाउँदै निर्देशानालय

<span class='c1'>विराटनगर जामुनगाछी–केशलिया सडक : डिजाइन लेवल</span> <span class='c2'>परिमार्जन र भेरिएसन बढाउँदै निर्देशानालय</span>

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ को गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर १९५ मिटर सडक निर्माणका ठेकेदारले फेरी हात झिक्ने तयारी गरेपछि डिजाइन लेवल र भेरिएशन परिमार्जन गरिने भएको छ । निर्माणका लागि भत्काएर त्यसै अलपत्र छोडिएको सडकले आक्रान्त भएका स्थानीयलाई राहत दिन हुलाकी राजमार्ग निर्देशानालयले डिजाइन लेवल परिमार्जन र भेरिएसन बढाउन सहमति जनाएको हो ।

२०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको सडकबाट काम नगरी हात झिकेको थियो । त्यसपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएपनि उसले समेत तोकिएको म्याद भित्र काम गरेको छैन । म्याद गुजारेर हात झिक्ने तयारीमा ठेकेदार पुगेपछि निर्देशानालयले म्याद थप गर्ने, डिजाइन लेवन परिवर्तन गर्ने र मूल्याकंन समेत परिमार्जन गर्ने भएको छ ।

स्थानीयले सडक निर्माणको काम नभएको भन्दै बारम्बार राजनीतिक दलका नेताहरुलाई दवाव दिदैं आएका छन् । नेकपा एमाले महानगर कमिटिका अध्यक्ष सागर थापाले निर्देशानालयका निर्देशक अजयकुमार मुलसमेतको उपस्थितिमा सडकको अनुगमन गराएर ठेकेदारसँग सहमति गराएका हुन् । थापाले निर्देशानालयका निर्देशक मुलसहित सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद अधिकारी, योजना प्रमुख इटहरीका बलीराज मल्ल, निर्माण व्यवसायी बासुदेव उप्रेतीलाई एकै ठाउँमा राखेर छलफलपछि सहमति निकालेको जानकारी दिएका छन् । देव एण्ड साएर/भूमी जे.भी.ले साइडको अवस्था अनुसार डिजाइन लेवल परिवर्तन गर्नुपर्ने र भेरिएसन स्वीकृति गरिदिनुपर्ने माग गरेको थियो ।

महानगर कमिटिका अध्यक्ष थापाका अनुसार फेरी पनि निर्माण कम्पनी भाग्ने अवस्था आए गणेशचौक–केशलिया सडक निर्माण हुन नसक्ने अवस्था आउँछ । त्यसका लागि निर्देशानालयले काम गरिरहेको ठेकेदारका मागलाई सम्बोधन गरेर २०८१ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरि सहमति भएको हो । निर्देशानालयले शर्त अनुसारको काम चाँडै गर्ने र ठेकेदार कम्पनीले निर्माणको काम निरन्तर जारी राख्ने समेत सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्