दुहबी नगरपालिकाका मेयरलाई स्थानीय जनताले लगाइदिए २५ किलोको माला

<span class='c1'>दुहबी नगरपालिकाका मेयरलाई स्थानीय जनताले</span> <span class='c2'>लगाइदिए २५ किलोको माला</span>

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाका मेयरलाई स्थानीय जनताले २५ किलोको माला पहिरÞ्याउँदै सम्मान गरेका छन् । दुई कार्यकालसम्म मेयरको भूमिकामा देखिएका बेद गच्छदारलाई स्थानीय तहका भौतिक तथा मानविय विकासका लागि निडर अनि हिम्मतका साथ अगाडी बढेर कार्यसफल गरेको भन्दै यो सम्मान गरिएको बताइएको छ ।


दुहबी–६ का बीजी गोयन्काको अगुवाइमा दुहबी–५ स्थिति बजार भित्र नगरपालिकाको २ बिगाहा क्षेत्र भित्र बनेका संरचना हटाएर सार्वजनिक उपदेयताका भवन बनाउने नगर प्रमुख गच्छादको योजनालाई समर्थन र हौसला प्रदान गर्दै सयपत्रीको माला पहिरÞ्याएर सम्मान गरिएको बताइएको छ ।
सडक मापदण्डमा सधै विवादमा आउने र साँघुरो संरचनाकै कारण सडक निर्माण विस्तारमा समस्या आइरहेको थियो । नगरप्रमुख गच्छादार एक्लै भिडेर दुहबीलाई फराकिलो बनाउन अग्रसर भएकाले सम्मान गरिएको गोयन्काले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्