विराटनगरमा नहर दैनिक सरसफाई : छैठको बेला चिटिक्क–त्यसपछि फोहोरको डंगुर

<span class='c1'>विराटनगरमा नहर दैनिक सरसफाई :</span> <span class='c2'>छैठको बेला चिटिक्क–त्यसपछि फोहोरको डंगुर</span>

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र पर्ने सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर दैनिक सरसफाई भईरहेको छ । छैठका ब्रतालुलाई मध्यनजर गरेर महानगरपालिकाको समन्वयमा आयोजनाले नहर सफाई गर्दै आएको हो ।

दैनिक ५० जना मजदुरका साथमा जेसीभी समेत परिचालन गरेर नहरको सफाई गरिदैं आएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छैठ पर्वलाई ध्यानमा राखेर भइरहेको नहर सरसफाईको बुधबार अनुगमन गरेका छन् । सुनसरी–मोरङ सिंचाई आयोजनाले नहरको सरसफाईलाई तीव्रता दिएको छ । नहर फोहोर हुँदा छठ पर्वमा ब्रतालुहरुलाई पूजाआजा गर्न असहज हुने भएपछि महानगरपालिकाले नै सफाईका लागि आग्रह गरेको थियो ।

महानगरका मेयर कोइरालाले केही दिनअघि आयोजनाका इन्जिनियर कुमार घिमिरेलाई नहर सरफाई गर्न आग्रह गरेका थिए । महानगर क्षेत्रभित्र पर्ने नहरको सरसफाई केही दिनमै सक्नेगरी काम भईरहेको छ । आयोजनाका इन्जिनियर घिमिरेले दैनिक ५० जनाभन्दा बढी मजदुरले नहर सरसफाई गरिरहेको जानकारी दिएका छन् । नहरबाट निकालिएको फोहोर महानगरको सवारी साधनमार्फत व्यवस्थापन गर्ने गरिएको छ ।

छैठ अगाडी नहरको सफाई गरेर नागरिकलाई सफा स्थान उपलब्ध गराउने काम भएपनि छैठपछि भने फोहोर थुप्रिने गरेको छ । छैठ प्रयोजनकै लागि गाडीका केराका थाम, बाँसका भाटादेखि दुना–टपरी, माटाका भाँडा, प्लाष्टिकले नहर भरिने समस्या हुन्छ । जसले ब्रतका लागि जोरजाम गर्छ उसैले सफाई गर्ने संस्कारको विकास नहुँदासम्म छैठमा थुप्रिएको फोहोरले वर्षात्मा पानी थुनिएर बस्तीमा पस्ने समस्या हुन्छ । अनुगमनमा सरसफाई शाखाका प्रमुख पुनम दाहाल, किरण न्यौपाने, महानगर प्रहरीका प्रमुख राजन पौडेलको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्