मोरङ ट्राफिकको ‘अन द स्पट’ सवारी चालकलाई ट्राफिक नियमबारे शिक्षा

<span class='c1'>मोरङ ट्राफिकको ‘अन द स्पट’</span> <span class='c2'>सवारी चालकलाई ट्राफिक नियमबारे शिक्षा</span>

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘अन द स्पोट’ सवारी चालकलाई ट्राफिक सचेतना कार्यक्रम गराउन थालेको छ ।


मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपाने र प्रनानि सुन्दर श्याम पोखरेलले सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउन रानी क्षेत्रमा सवारी चालकहरुलाई सचेतना अभियान संचालन गरेको छ । यसैविच मंगलबार विराटनगर रानी खण्डमा संचालन हुने ५० वटा भन्दा बढी सिटी सफारीका चालकहरुलाई भेला गरी ‘अन द स्पट’ कक्षा संचालन गरीएको छ ।

सवारी चालकलाई सडक अनुशासन, लेनअनुशासन, ट्राफिक चिन्ह संकेत तथा सडक रेखाहरुको जानकारी, ट्राफिक नियम तथा जरिवानाको बारेमा सैद्धान्तिक प्रशिक्षण प्रदान गर्नुका साथै सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताब अनिवार्य साथमा राखी सवारी चलाउन अनुरोध समेत गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपाने जानकारी दिनुभयो । मोरङ ट्राफिक प्रहरी कार्यलयले यस अघि पनि विभिन्न स्थानहरुमा सवारी दुर्घटना न्यनिकरण सम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्